Logo

कैलालीमा होटलभित्र एक जना मृत फेला

कैलाली– कैलालीको एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–२ रीङरोडस्थित बैतडी–पुर्चौडी होटलमा एक जना मृत अवस्थामा फेला परेका हुन्। डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार होटलको कोठा नम्बर १०४ भित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्