Logo

बस्ति वरपर बाघ देखिएपछि सचेतना अपनाउन भरतपुर–३ को अनुरोध

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ३ का बस्तिमा बाघ पसेको छ । बाघ पसेको खबर पाएपछि वडा कार्यालयले बिहान बेलुकाको समयमा हिँडडुल गर्दा सचेतना अपनाउन वडाबासीलाई आग्रह गरेको छ ।

वडा नं. ३ को भानु नौघरे टोल विकास संस्थाको पछाडिपट्टी पुङ्गी खोलाको झाडी तथा लिटिल फ्लावर स्कूल आसपास विभिन्न स्थानहरुमा बाघ देखिएको भन्दै स्थानीयले वडामा खबर गरेका थिए ।

सो पछि वडा नम्बर ३ का वडाध्यक्ष विकास थापाले एक सूचना जारी गर्दै आ–आफ्नो बस्ती अन्तर्गतका बाटो वरीपरी रहेका झाडीहरु सरसफाई गर्न अनुरोध समेत गरेका छन् ।

सूचनामा भनिएको छ, ‘यस भरतपुर महानगरपालिका वडा नं. ३ को भानु नौघरे टोल विकास संस्थाको पछाडिपट्टी पुङ्गी खोलाको झाडी तथा लिटिल फ्लावर स्कूल आसपास विभिन्न स्थानहरुमा बाघ देखिएको भन्ने प्रत्यक्षदर्शीको भनाई सुन्नमा आएकाले आ–आफ्नो बस्ती अन्तर्गतका बाटो वरीपरी रहेका झाडीहरु सरसफाई गर्ने लगायत विहान बेलुकाको समयमा हिंडडुल गर्दा आवश्यक सचेतता अपनाउनु हुन वडावासीहरुमा जानकारी गराईन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्