Logo

भूमिगत अवस्थामै ढोरपाटन नगरपालिकाका मेयरको समितिलाई बयानः ज्यानको असुरक्षा भएपछि बाध्य भएर भागे

काठमाडौं– नेकपा एमालेका निलम्बित नेता तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले पनि सहकारी रकम बचत दुरुपयोगबारे छानबिन गर्न गठित समितिलाई इमेलमार्फत बयान पठाएका छन् । उनी सहकारी ठगेर फरार भएको १ वर्ष भएको छ ।

इमेज ऋण तथा बचत सहकारीका अध्यक्ष रहेका नेपालीले आफैँ बचतकर्ताको एक अर्ब ८० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने बताएका छन् । बचतकर्ताको रकम हिनामिना गरेका उनी बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि फरार भएका थिए । तर, भूमिगत अवस्थामै सहकारी छानबिन संसदीय समितिलाई बयान दिएका उनले बचतकर्ताबाट ज्यानको असुरक्षा भएकाले बाध्य भएर भागेको बताएका छन् ।

सहकारी छानबिन समितिका संयोजक सूर्य थापालाई सम्पर्क गरी हुलाकामार्फत समितिलाई बयान पठाएका छन् । जुन बयान समितिले आफ्नो प्रतिवेदनमा समेटेको छ । उनले समितिमा पठाएको बयानमा निजी सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम तिर्ने बताएका छन् । तर, त्यसका लागि वातावरण बन्नुपर्ने उनको सर्त छ । उनीमाथि सहकारी ठगीमा जिल्ला अदालत बागलुङमा मुद्दा चलिरहेको छ । उनले यो मुद्दा फिर्ता भए रकम तिर्ने किसिमको बयान दिएका छन् । उनले मुद्दाकै कारण सार्वजनिक जीवन बाँच्न नपाएकाले मेयरका हैसियतमा कामसमेत गर्न नपाएको भन्दै माफी पनि मागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्