Logo

आज पनि सुनको नयाँ रेकर्ड, कति पुग्यो मूल्य?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनले नयाँ रेकर्ड राखेको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला १७ सय रुपैयाँले बढ्दै सुनले नयाँ किर्तिमानी रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १७ सय रुपैयाँले बढेको छ ।

आज सुनको मुल्य एक लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि भदौ ३१ मा सुनको मुल्य १ लाख ५७ हजार ३ सय रुपैयाँ पुग्दै उच्च मूल्यको रेकर्ड बनेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९१५ रुपैयाँ प्रतितोला रहेको चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्