Logo

अमेरिकामा बेपत्ता नेपाली चेली ममता काफ्लेलाई श्रीमानले टुक्रा टुक्रा पारेर फालेको प्रमाण अदालतमा पेश

काठमाडौं– अमेरिकाको भर्जिनियामा नेपाल चेली ममता भट्टको बेपत्ता मुद्दाका प्रमुख आरोपि नरेश भट्टका वकिलले ममता जिवित रहेको दाबी गरेसँगै शुक्रबार ‘मोसन हियरिङ भयो । नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेका थिए । यसको सुनुवाईका लागि इजलास कक्षमा ममता भट्टका दाइ र अन्य सुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको थियो ।

नरेशका वकिलले दाबी गरेजस्तै ममता जीवित छन् कि भन्ने आशा ममताका दाई र शुभचिन्तकले गरेका थिए । तर जब इजलासका क्रममा सरकारी वकिलले प्रमाण र भिडियो पेश गर्न थाले सबैजना धुरुधुरु नै रुन थालेको त्यहाँ उपस्थित नेपाली समुदायका व्यक्तिहरुले बताएका छन् ।

ममता बेपत्ता भएपछि प्रहरीले नरेशको घरमा खानतलासी गर्नुअघि जुलाई २९ र ३० मा नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला फोहोर राख्ने झोलाहरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको प्रमाण सरकारी वकिलले पेश गरेका छन् । उनले कारबाट थैलोहरु झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो । नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरु कारमा हालेर टाढा टाढा लगेर व्यवस्थापन गरेका थिए । हरेकपटक उनले थैलो समात्दाखेरि आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका छन् ।

एकपटक उनले पुराना लुगाहरु राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेका थिए । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो । ट्रयास ब्यागहरु फ्याकेपश्चात उनले ती कन्टेनर उठाउने व्यवसायीहरुलाई फोन गरेर फोहोर उठ्यो कि उठेन भनेर समेत सोधेका थिए ।

ती काम गर्न नरेशले आफ्नी छोरीलाई एकजना बेबीसिटर कहाँ छोडेर गरेका थिए । उनले आफनो घरको बेसमेन्टमा बहालमा बस्नेलाई बोलाएर बेडरुमको पलङ अर्को कोठामा सारेका गिए । नरेशले आफ्नो घर नजिकै कुखुरा फार्म कहाँ छ भनेर पनि गुगलमा सर्च गरेका छन् । यस्तै, मान्छेको मस्तिष्कको आकार कस्तो हुन्छ भनेर सर्च गरेको पनि भेटिएको छ ।

नरेशले ममताको हत्यापछि प्रमाणहरु लुकाउन निकै सावधानी अपनाएको पाइएको छ । उनको घरमा प्रहरी खानतलासी गर्न जानु अघिनै उनले घरको सरसफाइ र लाशको व्यवस्थापन गरि सकेका थिए । घटनास्थलमा बगेको रगत बाथरुमबाट बगाइदिएका थिए । अर्को दिन केमिकलहरु ल्याएर कोठाहरु र वाथरुम सफा गरेका थिए ।खानतलासीका क्रममा प्रहरीले शव पहिचान गर्ने कुकुर समेत लगेको थियो । उक्त कुकुर ममताको बेडरुम र वाथरुममा भुकेको थियो ।

ममतालाई नरेशले राति सुतिसकेपछि बेडरुममै हत्या गरेको र शव टुक्राटुक्रा पारेर थुप्रै झोलामा प्याक गरेको प्रमाणहरुले देखाएका छन् । घटनापछि उनले आफ्नो टेस्ला कारसमेत बिक्री गर्न भ्याइसकेका थिए । प्रहरीले यो कार फेला पारेपछि प्रमाणहरु फेला पार्न सहज भएको थियो ।

यस्तै नरेशले ‘श्रीमतीको मृत्यु भएको कति समयपछि अर्को विवाह गर्न सकिन्छ?’ भनेर गुगल सर्च गरेबाट नरेशले केही महिनाबाटै योजना बनाएको अनुमान गरिएको छ ।

प्रमाणहरु हेरिसकेपछि अदालतले ४५ मिनेटभित्र नरेशको धरौटी अपिल सिधै खारेज गरिदिएको थियो । नरेशले ममताको हत्या गरेकोमा न्यायाधीश पनि विश्वस्त देखिएकी छिन्। यद्यपि, नरेशविरुद्ध हत्याको मुद्दा भने दायर भइसकेको छैन । मुद्दा लाश लुकाएको अभियोगमा नरेशविरुद्ध मुद्दा चलिरहेको छ ।

ममता अन्तिमपटक २७ जुलाईमा आफू काम गर्ने ठाउँमा गएकी थिइन् । नरेशले भने ३१ तारिखको राति ममता घरमै रहेको र भोलिपल्ट अफिस गएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्