Logo

धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु

धनगढी– धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ गोदावरी नगरपालिका– २ बस्ने ५० वर्षीय शेरबहादुर बोहोरा धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेका थिए ।
बेहोस भएका उनको तत्काल माया मेट्रो अस्पताल उपचारका लागि पुर्याइएको थियो ।

ढलेर बेहोस भएका उनलाई अस्तपाल पुर्याए लगत्तै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । बोहोराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्