Logo

यात्रुलाई दिने खाजामा जिउँदो मुसा भेटिएपछि बिमानको आकस्मिक अवतरण

एजेन्सी– यात्रीहरूलाई पस्किने खाजामा जिउँदो मुसा भेटिएपछि एउटा उडान आपत्कालीन अवतरण गरिएको छ ।

गत बुधबार स्कान्डिनाभियन एयरलाइन्स (एसएएस)को विमानको आपत्कालीन अवतरण गरिएको हो । उक्त बिमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालगातिर जाँदै थियो ।

तर खानामा जिउँदो मुसा भेटिएपछि डेनमार्कको कोपेनहेगनमा विमान आकस्मिक रुपमा अवतरण गराइएको हो । सुरक्षा जोखिमका कारण कम्पनीको प्रोटोकलकै आधारमा विमानको अवतरण गराइएको एसएएसका प्रवक्ता ओएष्टिन श्मिड्टले समाचार संस्था एएफपीलाई बताएका छन् ।

उक्त बिमानका यात्रुलाई पछि छुट्टै उडानमा मालगा पठाइएको थियो ।

विमानभित्र मुसा देखिएको मामिलामा विमान सेवा प्रदायकहरूको नियम कडा हुने गरेको छ । मुसाले तारहरू काट्ने भयका कारण पनि विमानको आकस्मिक अवतरण गर्ने गरिन्छ । तर विमानभित्र मुसा भेटिने घटना भने दूलर्भ हुने गरेको श्मिड्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्