Logo

‘खुस्मा’को तीन दिनको कमाई साढे २ करोडभन्दा बढी

काठमाडौं– नेपाली फिल्म ‘खुस्मा’ ले तीन दिनको कमाइ सार्वजनिक गरेको छ । संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले साढे २ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ।

बिहीबार, शुक्रबार र शनिबार गरेर फिल्मले २ करोड ५५ लाख रूपैयाँ कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ । फिल्ममा धिरज मगर र उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन्।

अशोक थापा मगरले फिल्मको लेखन तथा निर्देशन गरेका फिल्ममा मगर समुदायको परिवेश देखाइएको छ । जनयुद्धको प्रभावकाबीच अंकुराएको एक जोडीको प्रेमलाई यो फिल्ममा देखाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्