Logo

पक्राउ पर्दा दुर्गा प्रसाईँले भने: एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । बुधबार दिउँसो भक्तपुरमा रहेको निजी निवासबाटै पक्राउ पर्ने क्रममा उनले अन्तिम समयसम्म प्रधानमन्त्री ओलीसँग लड्ने बताएका हुन् ।

उनले प्रहरीसमक्ष भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध केहिदिनअघि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिएको थियो । साइबर ब्युरोमा प्रसाईँले चरित्र हत्या गरेको उजुरीको आधारमा पक्राउ पूर्जी जारी गरेको हो । प्रसाईंलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्