Logo

सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छबिलाल जोशी पक्राउ

काठमाडौं– सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी बन्जाडे पक्राउ परेका छन् । जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको हो ।

उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए। गृहमन्त्री लेखकको निर्देशनसँगै जोशीलाई प्रकाउ गरेको हो ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो। जोशीबाहेक अन्य व्यक्ति भने पक्राउ हुन बाँकी छ ।

छवी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन्। त्यस्तै उनका साझेदार जीबी राई भने फरार छन्। लामिछाने तत्कालीन समयमा गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चाचित ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्धक निर्देशक थिए। संसदीय छानबिन समितिले लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको आएको रकम अपचलन गरेको पाइएको भन्दै रविलाई पनि कारबाहीको सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्