Logo

सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी घण्टी घर जाँदै, जुनसुकै बेला पक्राउ पर्न सक्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली पार्टि कार्यालयतर्फ गएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित घण्टीघर तर्फ गएको प्रहरी स्रोतले बताएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने आइतबार मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए। गृहमन्त्री लेखकको निर्देशनसँगै फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि प्रहरीले निगरानी अघि बढाएको थियो ।
यस्तै केही समय अघि मात्र नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी बन्जाडे पक्राउ परेका छन् । जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो।

छवी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन्। त्यस्तै उनका साझेदार जीबी राई भने फरार छन्। लामिछाने तत्कालीन समयमा गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चाचित ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्धक निर्देशक थिए। संसदीय छानबिन समितिले लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको आएको रकम अपचलन गरेको पाइएको भन्दै रविलाई पनि कारबाहीको सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्