Logo

आफुलाई जेल पठाउने निर्णय भएमा प्रतिवादमा उत्रने रविको घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई जेल पठाउने निर्णय भए प्रतिवादमा उत्रने घोषणा गरेका छन् ।

आइतबार राति रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै उनले रास्वपालाई सिध्याउने काम हुन लागेको र त्यस्तो हुन नदिने बताएका छन् । उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, ‘ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ ।,

आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ। तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बताए । ‘कानूनी रुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सत्यका लागि लड्न तयार भएर बसेको छु’, लामिछानेले भने ।

सरकारविरुद्ध लडेर जित्ने पनि उनले बताए । भने, ‘म अभिमन्यू होइन, यो चक्रब्यूहबाट निस्कन आउँछ ।’ सरकारसँग लड्न चीनमा गएको आफ्ना नेताहरु स्वदेश फर्कने तयारी गरेको जानकारी समेत उनले दिए ।

 

प्रतिक्रिया दिनुहोस्