Logo

सुनको मुल्यको फेरी नयाँ रेकर्ड, एक लाख ५९ हजार नाघ्यो

काठमाडौं– सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आइतबारको सुनको मुल्यको रेकर्डलाई तोड्दै आज पुन नयाँ रेकर्ड बनेको हो ।

आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढेको हो । आज सुनको मुल्य १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार थियो ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार १ हजार ९२० रुपैयाँ रहेको चाँदी मुल्य आज पनि सोही मुल्यमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्