काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । न्युयोर्कमा आइतबार बेलुकी सो कार्यक्रम तय भएकोमा सुरक्षा लगायतको कारण स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ ।
महावाणिज्य दूतावासले जारी गरेको सूचनामा तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएको र समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको हो ।
सहकारी प्रकरणमा रवि लामिछानेलाई सरकारले मुद्दा चलाउने तयारी गरेको छ । सोही विषयमा अमेरिकामा रवि लामिछाने समर्थकले नाराबाजी गर्न सक्ने भएकाले कार्यक्रम स्थगित भएको स्रोत बताउँछ ।
प्रतिक्रिया