छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो
पोखरा– सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । जोशीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी जोशीलाई हिजो जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको थियो ।