Logo

१३ फिट लामो अजिङ्गरले महिलालाई दुई घण्टासम्म बेर्यो

एजेन्सी- थाइल्यान्डको समुत प्रकनमा बस्ने एक महिलालाई अजिङ्गरले आक्रमण गरेको छ । ६४ वर्षकी अर्रोम अरुनरोज नाम गरेकी महिलालाई अजिङ्गरले आक्रमण गरेको छ ।

अर्रोम बैंककमा रहेको एउटा बाल अस्पतालमा जागिर छिन् । जागिर सक्केर घर फर्किएकी उनी घरायसी काम गर्दै थिइन् । बेलुकाको करिब साँढे ८ बजेतिर उनी आफ्नो घरबाहिर भाडा माझिरहेकी थिइन् ।

त्यहि बेलामा उनलाई दाहिने जाँघमा केहीले घोचेको जस्तो भयो । सुरुमा त उनले झाडीतिरबाट आएर कुनै किराले टोक्यो होला भन्ने लाग्यो । तर उनको खुट्टामाथि
बडेमानको अजिङ्गर चढिरहेको थियो । त्यो अजिङ्गर १३ फिट लामो र बिस किलो तौल भएको थियो ।

उनीले आफु अजिङ्करबाट फुत्किन धेरै प्रयास गरिन । अजिङ्गरको टाउको धकेल्दै आफुलाई मुक्त गर्न खोज्दै थिइन् । तर, अजिङ्गरले उनलाई अझै कस्न थाल्यो । उक्त अजिङ्गरले उनको शरिरका विभिन्न भागमा टोक्यो । त्यसले अर्रोमको शरिरभरि घाउ त भयो तर अजिङ्गर विषालु नभएकाले विष भने फैलन पाएन ।

महिलालाई श्वास फेर्न नै गाह्रो भइसकेको थियो । उनले आफ्नो मदतका लागि ठुलो आवाज निकाल्न सकिनन् । उनले मधुरो आवाजबाट सहयोग मागिरहेकी थिइन् । उनको आवाज सुनेर एक जना छिमेकी आए र प्रहरीलाई बोलाए ।

अजिङ्गरको पकडबाट महिलालाई फुत्काउन उद्धारकर्मीहरूलाई झन्डै ३० मिनेट लाग्यो । महिला करिब दुई घण्टा अजिङ्कगरको पकडमा परेकी थिइन् । उनको उद्धारपछि स्थानीय अस्पतालमा राखिएको छ । उनी त्यहाँ स्वास्थ्य लाभ लिइरहेकी छिन् । त्यसपछि उनलाई नजिकैको अस्पताल लगियो । महिला स्वास्थ्य लाभ गरिरहेकी छिन् ।

थाइल्यान्डमा २५० प्रजातिका सर्प पाइन्छन् । यसमा तीन प्रजातिका अजिङ्गर पनि पर्छन् । यस्ता अजिङ्गर विषालु हुन्नन् । तर आफ्नो शिकारलाई बेरेर सास फेर्नै नसक्ने बनाएर राख्छन् र सिङ्गै निल्छन् । गत वर्षमात्र थाइल्यान्डका १२ हजार व्यक्तिलाई सर्पले डसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्