टोखास्थित गहना पोखरीमा डुबेर बालिकाको मृत्यु
काठमाडौं– काठमाडौंको टोखामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर रहेकी बालिका आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी थिइन् । उनी आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् । उनको उद्धार गरि अस्पताल लगिएकोमा आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।