Logo

धनुषामा प्रहरीको हिरासत फोडेर भाग्नेमध्ये सात जना पक्राउ

धनुषा– धनुषा प्रहरीको हिरासत फोडेर भागेका नौ जना थुनुवामध्ये थप तीन थुनुवा पक्राउ परेका छन् ।

लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तरलाई पक्राउ गरेको हो ।

उनीहरुलाई पनि धनुषाको लखौरीबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । यसअघि दिउँसो नै लखौरीबाट लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो ।

राति नै भेन्टिलेशन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए । योसँगै भागेका थुनुवा पक्राउ पर्ने ७ जना पुगेका छन् ।

अब धनुषाको नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल रफऔरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया पक्राउ पर्न बाँकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्