Logo

गर्मी बढ्न थालेपछि मोरङका पालिकाहरुले दिए विद्यालय बिदा

झापा– पछिल्लो समयमा गर्मी बढ्दै गएपछि मोरङ र झापाका स्थानीय तहहरूले धमाधम विद्यालय बिदा दिन थालेका छन्।

पछिल्लो एक सातामा त्यहाँ गर्मी अत्याधिक रुपमा बढेको छ । विराटनगर क्षेत्रमा केही दिनयता दैनिक अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुगिरहेको छ। सोमबार पनि अधिकतम तापक्रम ४० डिग्री पुगेको छ।

गर्मी बढेपछि रंगेली नगरपालिका र ग्रामथान गाउँपालिका, जहदा गाउँपालिकाले पालिका भित्रका विद्यालय बन्द रहने सूचना जारी गरेका छन्। रंगेली नगरपालिकाले मंगलबार र बुधबार गरि दुई दिन र ग्रामनाथ र जहदा गाउँपालिकाले मंगलबार बिदा दिएका छन् ।

यस्तै झापाको कचनकवल गाउँपालिका विद्यालयहरु दुई दिन बन्द रहने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्