काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ किर्तीमान राखेको छ । सोमबार किर्तीमानी रेकर्ड राखेको सुनको मुल्यमा आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा १ लाख ५९ हजार ७०० रुपैयाँमा कायम भएकोले जनाएको छ । सोमबार १ लाख ५९ हजार २०० रुपैयाँ तोलामा सुन कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने पाँच रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया