झापा– झापाको बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।
झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिइरहेको अवस्थामा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएका थिए ।
.जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेका हुन् । पीडितले नेकपाको पार्टीमा जानकारी गराएपछि योजना बनाएर घुस रकम लिँदालिँदै अवस्थामा ओलीलाई पक्राउ गरेका हुन् ।
हाल वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा राखिएको छ । घुसको विषय प्रहरीको क्षेत्राधिकार नभइकाले वडाध्यक्ष ओलीको सुरक्षालाई ध्यान दिँदै इलाका प्रहरी कार्यालयमा राखेको र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया