चार्ज गर्ने क्रममा करेन्ट लागेर सिटी सफारी चालकको मृत्यु
झापा– झापाको दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर सिटी सफारी चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम जिल्ला महमाई घर भइ दमक नगरपालिका वडा नं ८ बस्दै आएका २६ वर्षीय कमल बुर्जामगरको करेन्ट लागेर मृत्यु भएको हो ।
मङ्गलबार बिहान ९ः३० बजेको समयमा टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भएर करेन्ट लागेर गम्भीर घाइते थिए । उनको उपचारका लागि दमक अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि रेफर गरेर बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।