दीपक-दिपा टिम बाहिर फ्लप छन् जितु, ‘ज्वाइँ साब’ के होला ?


सुन्दरी हिरोइनहरुसँगको पर्दा साटिरहेका कारण दिपक राज गिरी तथा दीपाश्री निरौलाको समूहबाट बाहिर भएपनि अभिनेता जितु नेपालले नेपाली रजतपटमा लाइमलाइटलाई कम बनाएका छैनन्।’ह्यारीकी प्यारी’मा बोल्ड एण्ड ग्ल्यामरस् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका जितुले आफ्नो रिलिज उन्मुख ‘ज्वाइँसाब’मा एकसमय नेशनल क्रस नीति शाहसँग जोडी बाँधेका छन्। सुन्दर हिरोइनसँगको जोडीका लागि लाइमलाइट बटुल्न सफल भएपनि उनका सिनेमाले पैसा भने बटुल्न सकिरहेका छैन।


दिपक-दीपाको टिममा हुँदै अभिनय गरेको ‘रामकहानी’ होस् या साम्राज्ञीसँगको ‘ह्यारीकी प्यारी’ यी दुबै सिनेमा वक्सअफिसमा फ्लप सावित भए। ‘ह्यारीकी प्यारी’मा साम्राज्ञीसँग जोडी बाँधेको कुराले राम्रै चर्चा बटुलेको थियो संचारमाध्यममा तर वक्सअफिसमा त्यो चर्चा मुखरित हुन सकेन। उनको आगामी रिलिज ‘ज्वाइँ साब’ असोज २४ मा रिलिज हुँदैछ। उनको कदकाँठी र परम्परागत हिरोको परिभाषामा नपर्ने जितुका लागि यो सिनेमा सफल हुनु अत्यावश्यक छ। यो सिनेमाको नतिजाले उनको फिल्मी भविष्य निर्धारण गर्नेछ। यसको सफलताले फाइदा पुराउनेछ भने असफल भएमा उनी मेकरको नजरमा पर्न कम हुनेछ।

हाल सिनेमाको टिजर तथा एउटा गीत रिलिज भइसकेको छ भने ट्रेलर रिलिज हुन बाँकी छ। तर अफशोच टिजर र गीतले आशातित सफलता हासिल गर्नसकेनन्। कमेडी जनरामा सिनेमा बनेको निर्माणपक्षले बताए पनि सार्वजनिक टिजरमा हास्यरस निरस छ, दर्शक हसाउने कोशिस नाकाम छ भने निर्माणपक्षले निक्कै अपेक्षा राखेको ‘कसम बत्तीको’ बोलको गीतले दर्शक मन जित्न सकेन। गीत सामान्यमात्र बन्न सक्यो। गीतले हालसम्म १.४ मिलियन भ्यूज पाएको यूट्यूब तथ्यांक भएपनि यसको अर्गानिक्तामा शंका छ। कुनै गीतहरु साँच्चै लोकप्रियहुँदा तिनीहरुले पाउने भ्यूजको रफ्तार पनि राम्रो हुनेगर्छ तर रिलिज दुई सातामा राम्रोगरी दर्शकको नजरमा परेको गीतहरुको झैं नतिजा प्राप्त गर्न सकेको छैन।

यस्तै टिजरमा उनको नक्कली कपाल पनि दर्शकलाई बुझाउँछ भने हिमेश पन्तको अभिनय एकदमै फितलो र कर्कशपुर्ण महशुस हुन्छ, उनको संवाद शैली उनको स्ट्याण्ड कमेडीको स्टाइलबाट माथि उठ्न सकेको छैन। त्यसैगरी हसाउँछन् भनिएका संवादहरु टिजर हेरिरहँदा हसाउन असफल छन्। यहाँसम्म मेकरले हसाउँछ दर्शकलाई तान्छ ठानेर टिजरमा राखेको दिअर्थी संवाद पनि अनाकर्षक र पुरानो लाग्छ। यध्यपी निर्माणपक्षले यी संवादलाई धेरै स्थान दिएको छ। यस हिसाबले प्रचार र प्रचार सामाग्रीमा सिनेमाले बनाउनुपर्ने जत्ति हाइप बनाउन सकेको छैन। त्यसैले यो मितिमा रिलिज हुने अन्य सिनेमाको दाँजो यो सिनेमाले दर्शक तान्न धेरै मेहेनत गर्नुपर्ने देखिन्छ।

अब सिनेमासँग ट्रेलर बनाइदिने माहोलको एउटा आशा बाँकी छ। ट्रेलरले पनि हाइप लिन नसकेमा भने यो महाभिडन्तमा जितु सबैभन्दा कमजोर नहोलान् भन्न सकिन्न। अहिलेलाई सिनेमाले ट्रेलरबाट टिजर र गीतले बनाउन नसकेको माहोल बनाओस र जितुको फ्लपको ह्याट्रिक नहोस्। बाँकी सिनेमा रिलिजपछि थाहा नै हुनेछ।