काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।
यो मुल्य सुनको मुल्यमा अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । मंगलबारको मुल्यमा आज सात सय रुपैयाँले नाघेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार ४० रुपैयाँले बढेको छ । आज १ हजार ९५५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया