चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा गरि तीन जनाको मृत्यु
काठमाडौं– चट्याङ लागेर देशका छुट्टाछुट्टै स्थानमा मंगलबार तीन जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका(५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका–३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका(– बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाजुराको बुढिगंगा नगरपालिका–४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ ।