Logo

चट्याङ लागेर तीन वर्षीय बालकको मृत्यु, दिदी र आमा घाइते


दाङ– दाङको घोराहीमा एकै परिवारका तीन जनालाई चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोट ४२ वर्षीया निमकला साहु, ६ वर्षीया सविना र ३ वर्षीय समीरलाई चट्याङ लागेको हो । निमकला सविना र समीरकी आमा हुन् ।

मंगलबार दिउँसो घरमै बसिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो । उनीहरूलाई सुरूमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ३ वर्षीय छोरा समिरलाई मृत घोषणा गरेका थिए। आमा निमकला र छोरी सविनाको अवस्था मध्य रहेको छ । चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्