Logo

चक्कु देखाएर विदेशी नागरिक लुट्ने तीन जना पक्राउ

काठमाडौं– विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् ।

उनीहरुले चक्कु देखाएर बनेपामा इटाली र जर्मनीका नागरिकका सामान लुटपाट गरेको आरोप प्रहरीले लगाएको छ । उनीहरुलाई लुटिएका सामानसहित मंगलबार राति पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्