काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले जनाएको छ ।
बुधबार छापावाल १ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । आज सो मुल्यमा तीन सय रुपैयाँ बढ्दै नयाँ किर्तिमान कायम भएको हो ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।
प्रतिक्रिया