काठमाडौं– होटलमा तथा फ्ल्याट भाडामा लिएर देहव्यापार हुने गरेका खबरहरु सुनिँदै आएका छन् । तर कारमै देहव्यापार भएका घटनाहरु समेत सार्वजनिक भएको छ ।
भारतको उत्तर प्रदेश राज्यको अम्बेडकरनगर जिल्लामा प्रहरीले अनैतिक काम भइरहेको अवस्थामा ७ जनालाई गिरफ्तार गरेको छ । अम्बेडकरनगर हाइवेमा कारभित्र अनैतिक काम गरिरहेको अवस्थामा प्रहरीले एउटै कारबाट ६ पुरुष र एक महिलालाई पक्राउ गरेको भारतीय समाचार माध्यम आजतकले लेखेको छ।
बसखारी थाना क्षेत्र अन्तर्गत गस्तीमा रहेको प्रहरी टोलीले राजमार्गमा रोकिएको एउटा कार नजिकै गएर शिशा भित्र हेर्यो । जहाँ पक्राउ परेका व्यक्तिहरु आपत्तिजनक अवस्थामा फेला परेका हुन् ।
उनीहरूको साथबाट १० वटा कण्डम, एक हजार ७१० रुपैयाँ नगद, ७ मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ । उक्त गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई अनैतिक व्यापार ऐन र भारतीय न्याय संहिताको विभिन्न धारा अन्तर्गत जेल पठाएको छ ।
सो घटनाको तीन दिनपछि प्रहरीले दुई पुरुष र एक महिलालाई पनि कारमा अनैतिक काम गरिरको आपत्तिजनक अवस्थामा फेला पारेको थियो । बेवाना थाना क्षेत्र अन्तर्गत चेकिङका क्रममा एक कारमा दुई पुरुष र एक महिला आपत्तिजनक अवस्थामा फेला परेको हो। उनीहरूको साथबाट प्रहरीले तीन प्याकेट कण्डम, ४ मोबाइल फोन र दुई हजार ६०० रुपैयाँ नगद बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुलाई पनि अनैतिक व्यापार ऐन र भारतीय न्याय संहिताको विभिन्न धारा अन्तर्गत जेल पठाएको छ ।
प्रतिक्रिया