Logo

रवि पक्राउ पर्ने त्रासमा पाँच दिनमै स्वदेश फर्किए दश दिनको चीन भ्रमणमा गएका रास्वपाका नेता

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू नेपाल फर्किएका छन्। सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार (असोज १० गते) नेपाल फर्किएका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि गत शनिबार मध्यरातमा चीनका लागि उडेको थियो।

भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका छन्। उनीहरू औपचारिक कार्यक्रम सकेर आगामी असोज १४ गते मात्रै नेपाल फर्कने कार्यक्रम तय भएको थियो।

तर, यही बीचमा सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रविले आइतबार नै स्वदेश फर्कन नेताहरुलाई भनेका थिए । तर समयमा टिकट नमिल्दा उनीहरु आज मात्र फर्किएका हुन् । सहकारी ठगी प्रकरणमा रविकै पूर्व सहकर्मी छविलाल जोशी हाल कास्की प्रहरीको हिरासतमा रहेका छन् । छविको बयानलगत्तै रवि पनि पक्राउ पर्ने त्रास रास्वपामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्