Logo

केही काम नगर्ने पेशा, वार्षिक आम्दानी १० करोड

काठमाडौं– आर्थिक आम्दानीका लागि मानिसहरुले विभिन्न किसिमका पेशा, व्यवसाय अपनाएका हुन्छन् । सरल जीवनयापन गर्न आम्दानी गर्नुपर्छ र आम्दानी गर्नका लागि काम ।

तर, जापानमा एकजना यस्ता व्यक्ति छन् जसको काम नै केही पनि काम नगर्नु हो । उनको यो कमाईबाट उनले सामान्यभन्दा बढी कमाइ गर्छन् । उनले केहि काम नगरेर नै वार्षिक करिब १० करोड रुपैयाँ आम्दानी गर्छन् ।

शोझी मोरिमोटो नामका ती युवकलाई ‘डू नथिंग गाइ’ भनेर समेत चिनिन्छ । मोरिमोटोले वास्तवमै केहीपनि काम नगर्ने कामलाई आफ्नो पेशा बनाएका छन् ।

उनी मानिसहरुले उनले केही पनि काम गर्नु पर्दैन, केवल अरु मानिससँग समय बिताइदिन्छन् र त्यसबापत चर्को शुल्क लिन्छन् ।

मोरिमोटोले उक्त कामबाट वर्षमा करिब १० करोड रुपैयाँ बराबरको आम्दानी गर्दै आएका छन् । उनी आफ्नो कामका कारण यतिधेरै लोकप्रीय छन् कि उनलाई भाडाको साथी बनाउनका लागि मानिसहरुले पालै नपाएर लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भैसकोके छ ।

मोरिमोटोको काम मानिसलाई भावनात्मक साथ दिनु र उनीहरुलाई एक्लोपनाबाट बाहिर निस्किन सहयोग गर्नु हो । मानिसहरु उनलाई आफूसँग समय बिताउनका लागि भाडामा लिन्छन् । एक्लै रेष्टुरेन्ट र पब्लिक ठाउँहरुमा जानभन्दा पनि मानिसहरु साथीसँग जान रुचाउँछन् । त्यसैले उनलाई लञ्च, डिनरमा जान भाडामा लिनेगर्छन् । उनी आफ्ना ग्राहकका गुनासा, पीडा तथा अन्य कुरा सुनिदिने कामपनि गर्छन् ।

आफूलाई भाडामा लिएर साथी बनाएका मानिससँग बसेको बेला मोरिमोटोले कुनै सल्लाह दिंदैनन्, कुनै काम गर्दैनन् र कुनै क्रियाकलापमा पनि सहभागी हुँदैनन् । उनको उनको उपस्थिति नै सम्बन्धित व्यक्तिका लागि पर्याप्त हुन्छ ।

यस्तै कामै गर्नु नपर्ने पेशा भएपछि आफुलाई आएका सबै प्रस्ताव स्वीकारिहाल्छन् भन्न लाग्छ होला । तर, त्यसो होइन । उनले कैयन् प्रस्तावहरु अस्वीकार पनि गर्दछन् । कतिपय ग्राहकले उनलाई आफूसँग यौन सम्पर्क गर्ने प्रस्ताव पनि राख्छन्, जसलाई उनले अस्वीकार गर्दछन् । साथै उनले कुनै सांगितिक कार्यक्रममा जाने प्रस्ताव पनि स्विकार्दैनन् ।

शोजीले आफ्नो कामबाट राम्रो पारिश्रमिक पाउँछन् । तर, शोजीले आफ्नो तर्फबाट पैसाको माग भने गर्दैनन् । तर, ग्राहकले उनको खाना र यातायातको खर्च भने व्यहोर्नुपर्छ ।

जापानमा आम मानिसमा एक्लोपनको समस्या एकदमै गम्भीर छ । जापानमा करिब ४० हजार मानिसको घरमा एक्लै हुँदा मृत्यु भएको एक रिपोर्टले देखाएको छ । रिपोर्टअनुसार करिब ४ हजार मानिसहरुको शव त उनीहरुको मृत्यु भएको १ महिनापछि मात्रै फेला परेको थियो ।
यहि एक्लोपनकै कारण पनि मोरिमोटो यतिधेरै लोकप्रीय भएको अनुमान लगाउन सकिन्छ । जापानमा घुमफिर गर्न, डेटमा जान एक दिनको लागि भाडामा ‘प्रेमी’ पनि पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्