काठमाडौं– आज नेप्से परिसूचक घटेर २ हजार ४८६ अंकमा पुगेको छ । बुधबा २ हजार ५१९ अंकमा पुगेको सेयर बजार ३२.८१ अंकले घटेको हो ।
कारोबार खुल्दा सकारात्मक देखिएको बजार ११ः२४ बजे २५४१ अंकसम्म पुगेको थियो । आज ३९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रह्यो । आज बुधबारको तुलनामा कारोबार रकममा भने सामान्य सुधार भएको छ । बुधबार ४ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८४ करोड कारोबार भएको छ ।
आज अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटे । व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।
विन नेपाल लघुवित्तको ९.८, बोटलर्स नेपाल बालाजुको ५.०६ प्रतिशत मूल्य बढ्यो । ग्रीन भेन्चरको मूल्य १० प्रतिशत घट्यो । दोर्दी हाइड्रोपावरको ७.६, अपी पावरको ७.४, थ्रीस्टार हाइड्रोपावरको ५.७, इङ्वा हाइड्रोपावरको ६.६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा अपी पावर, एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।
प्रतिक्रिया