अभिनेता निखिल उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट
अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । दरबारमार्गमा अवस्थीत आवरण स्कीन एण्ड हेयर क्लिनिकमा सर्जन डा.रुपक घिमिरेले निखिलको नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र विशेषज्ञ डा.हरुको निगरानीमा निखिलले कपाल रोपेका हुन् ।
फिल्मको छायाँकनमा जादाँ लाईट, क्म्यामेराको किरणसंगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवा, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले सुनाए । डा. घिमिरेसंग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन् आवरणमा अनुभवी सर्जन डा.हरु संगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफु हेयर ट्रान्सप्लान्ट गर्न तयार भए । हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिना पछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन् । आवारण बजारमा रहेका अन्य हेयर ट्रान्सप्लान्ट क्लिनिकहरु भन्दा सर्भसुलभ समेत रहेको बताएका छन् ।