Logo

यी हुन् आइतबारसम्म बाढीका उच्च जोखिम भएका नदीहरु

फाइल फोटो

काठमाडौं– पछिल्लो समय मौसम सक्रिय हुँदा देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अपिल गरेको हो ।
मुख्य गरी शुक्रबार र शनिबार केही नदीहरूमा बाढीको जोखिम उच्चदेखि अति उच्चसम्म हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार नारायणी, कन्काई, कमला नदी र वाग्मती नदीमा बाढीको उच्च जोखिम छ । शनिबार नारायणी, वाग्मती, पश्चिम राप्ती र बबइ नदीमा अति उच्च जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्