Logo

श्रीमतीले विकिनी लगाउन मिलोस् भनेर दुबईका धनाढ्यले किने अबौँ पर्ने टापु

काठमाडौं– दुबईका एक व्यापारीले आफ्नी श्रीमतीलाई बिचमा सुरक्षित महसुस गराउनका लागि ५० मिलियन डलरमा एउटा निजी टापु किनेका छन् । दुबईका व्यापारी जमाल अल नादकले २६ वर्षीय श्रीमती सौदी अल नादकका लागि प्राइभेट टापु किनेका हुन् ।

गृहिणी तथा सोसल मिडिया इन्फ्लुएन्सर सौदी अल नादकले एक भाइरल इन्स्टाग्राम भिडियोमा यो समाचार साझा गरेकी छिन्। उनले लेखेकी छिन्, ‘पिओभी तपाइँ बिकिनी लगाउन चाहनुहुन्थ्यो त्यसैले तपाइँको करोडपति श्रीमानले तपाइँलाई एउटा टापु नै किनिदिए ।’

युकेकी सौदीको भेट जमालसँग दुबईमा पढ्दै गर्दा भएको थियो । यो जोडीको विवाह भएको तीन वर्षभन्दा बढी भइसकेको छ । सौदी सोसल मिडियामा आफ्नो विलासी जीवन सोसल मिडियामा साझा गर्छिन् । उनको एउटा पोस्टले दम्पतीले १ मिलियन डलरको हीराको औंठी किनेको र एकै दिनमा २ मिलियन डलरको कलाकृति किनेको इन्सटाग्राममा पोस्ट गरेकी थिइन् ।

उनले आफुले बिकिनी लाउन श्रीमानले टापु किनिदिएको भिडियो एक हप्ता भन्दा कममा २.४ मिलियन भन्दा बढी पटक हेरिएको छ । सौदीले टापुमा सुरक्षित महसुस गनेए हिसासबले टापुमा लगानी गर्न केही समय अघिदेखि नै योजना बनाएको बताएकी छिन् । उनले भनिन्, ‘केहि समयको लागि हामीले लगानीको लागि खोजिरहेका थियौं र मेरो श्रीमान् मैले बिचमा सुरक्षित महसुस गरूँ भन्ने चाहान्थे । त्यसैले उनले एउटा टापु किने ।’

यद्यपी कुन टापु किनेको हो भन्ने खुलाइएको छैन। गोपनीयता र सुरक्षा कारणहरूका लागि टापुको सही स्थान खुलासा नगरिएको तर उक्त टापु एसियामा रहेको सौदीले बताएकी छिन् । उनका अनुसार ५० मिलियन डलर खर्च गरेर उनको श्रीमानले उक्त टापु खरिद गरेका हुन् । जुन नेपाली रुपैयाँमा ६ अर्ब ६८ करोड रुपैयाँभन्दा धेरै हुन्छ ।

सामाजिक सञ्जालमा विलासी जीवनशैली देखाएको भन्दै सौदीले आलोचनासमेत खेप्ने गरेकी छिन् । यसको जवाफमा सौदी भन्छिन्, ‘मलाई मेरो जीवनशैली सबैसँग साझा गर्न मन लाग्छ । तर मलाई थाहा छैन कि किन यति धेरै घृणा मिलिरहेको छ ।

दुबईमा धेरैजसो मानिसहरू मुस्लिम धर्मका छन् । आफ्नो धार्मिक मान्यताको पालना गर्न कट्र मानिने मुसलमान महिलाहरु पूर्ण रुपमा शरिर ढाकेको कपडा लगाउँछन् । काँध, घुँडा र टाउको छोप्ने किसिमका लुगा त्यहाँका महिलाले बढी लगाउनेगर्छन् । दुबईका बिचमा पनि महिलाहरु हात र खुट्टा छोप्ने किसिमको लुगा लगाउने गर्छन् । त्यहाँ पर्यटकले बिकिनी लगाउँदा पनि खासै राम्रो मानिँदैन ।

 

प्रतिक्रिया दिनुहोस्