Logo

चालक र सहचालक मिलेर पन्छाए घोप्टेभिर सडकको पहिरो

काठमाडौं– रातिदेखि देशैभरि पानी परिरहेका कारण ठाउँठाउँमा पहिरो गएको छ । यस्तै मुग्लिन–कुरिनटार सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ घोप्टेभिरमा पनि शुक्रबार बिहान पहिरो खसेको थियो ।

घोप्टेभिरमा ढुंगा–माटोसहित सानो पहिरो खस्था एकतर्फी बाटो अवरुद्ध भएको थियो । तर उक्त पहिरोबाट सवारीहरु जाममा पर्नु अघिनै ट्रकका चालक र सहचालकहरु आफैंले पहिरो पन्छाएका छन् । चालक र सहचालक मिलेर पन्छाएको तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरलसमेत भइरहेको छ ।

चितवनको घोप्टेभिर क्षेत्रमा बेलाबेलामा पहिरो गइरहन्छ । तर त्यहाँ पहिरो पन्छाउने मेसिन आइनपुग्दै चालक–सहचालकहरुले आफैं पहिरो पन्छाएका हुन् ।

मुग्लिन–मलेखु सडकखण्डका खसेको पहिरो पन्छाउन सगुन कन्स्ट्रक्सनका मेसिन प्रयोग गर्ने गरिएको छ । तर बाटो पन्छ्याउन मेशिन आउनुपूर्व नै उनीहरुले पहिरो पन्छ्याएका हुन् ।

सार्वजनिक तस्बीरमा दायाँ तर्फबाट एउटा ग्याँस बुलेट जस्तो गाडी गइरहेको देखिन्छ । बाँयातर्फ भारतीय ट्रक आइरहेको थियो । बुलेट र ट्रक पहिरो गएको स्थान नजिकै पुगेपछि बाटो क्रस गर्न मिलेको थिएन । त्यसपछि ट्रकका चालक सहचालकहरु मिलेर पहिरो पन्छाएका हुन् । हाल भने उक्त सडक सञ्चालनमा आइसकेको छ ।

यता आइतबारसम्म देशभरी नै वर्षाको सम्भावना भएकाले सडकमा पहिरो जानसक्ने सम्भावना समेत रहेको छ । यस विषयमा सर्तकता अपनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोली रात्रीकालीन बस नचलाउन आग्रह समेत गरेको छ । आइतबारसम्म भारी वर्षा पर्न सक्ने भएकाले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन अनुरोध गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्