सञ्चालनमा आयो बिहीबारदेखि अवरुद्ध कुलेखानी–फाखेल–काठमाडौं सडक
हेटौंडा— हेटौंडाबाट काठमाडौं भित्रिने छोटो दूरीको वैकल्पिक कुलेखानी–फाखेल–काठमाडौं सडक सञ्चालनमा आएको छ ।
उक्त सडकखण्डअन्तर्गत बिहीबारबाट भएको अविरल वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका–२ मा पर्ने उक्त सडकखण्डमा शुक्रबार बिहान ९ः३० बजे पहिरो खसेको थियो ।
उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।स्थानीय तह, प्रहरी र सडक विभागको समन्वयमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।