Logo

बैंगलोरमा महिलालाई ३० टुक्रा पारेर फ्रिजमा राखेको घटनाका आरोपीले आत्महत्या गरेको खुलासा

एजेन्सी- भारतको बैंगलोरमा महिलाको हत्या गरेर टुक्रा टुक्रा पारी फ्रिजमा राखेको घटनाका मुख्य अभियुक्त मृत फेला परेका छन् । गत शनिबार महालक्ष्मी दास नाम गरेकी महिलाको शव उनकै अपार्टमेन्टको फ्रिजमा ३० भन्दा बढी टुक्रामा राखिएको फेला परेको थियो । उनको हत्याको आशंका गरेका व्यक्ति मृत फेला परेको हो ।

ती अभियुक्त महालक्ष्मी सँगै काम गर्ने मुक्तिराजन रोय रहेको पाइएको छ । रोयको शवसँगै सुसाइडल नोट समेत फेला परेको छ । उक्त नोट छाडेर उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार रोयको सुसाइड नोटमा उनले सेप्टेम्बर ३ मा २६ वर्षीया महालक्ष्मीको हत्या गरेको स्विकार गरेका छन् । नोटमा भनिएको छ, ‘मैले सेप्टेम्बर ३ मा मेरी प्रेमीका महालक्ष्मीको हत्या गरेको छु । म उसको व्यवहार देखेर दिक्क भएको थिए। व्यक्तिगत कुरालाई लिएर उनीसँग झगडा गरेँ र महालक्ष्मीले मलाई कुटपिट गरिन् । त्यसपछि रिसाएर मैले उनको हत्या गरें,’ रोयले आफ्नो डायरीमा स्वीकार गरेका छन् । अपराध गरेपछि उनले उनको शरीरलाई टुक्रा–टुक्रा पारेर फ्रिजमा राखेको उनले लेखेका छन् ।

हत्या पछि रोय बेंगलोरबाट भागेका थिए । उनलाई ओडिशाको भद्रक जिल्लामा रहेको गृहनगरमा प्रहरीले खोजी गरेको थियो । तर उनी नजिकैको गाउँको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले उनको शव फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए । रोय सेप्टेम्बर १ देखि काममा समेत नगएको प्रहरीले जनाएको छ ।

मृतक महालक्ष्मीका छिमेकीहरूले गत साता उनको अपार्टमेन्टबाट दुर्गन्ध आएको भन्दै अर्पाटमेन्टका मालिकलाई खबर गरेका थिए । यो कुरा अर्पाटमेन्ट धनीले महालक्ष्मीको परिवारलाई बताएपछि गत शनिबार महालक्ष्मीकी आमा ५८ वर्षीया मीना राना अर्पाटमेन्टमा पुगेकी थिइन् । अपार्टमेन्टको ढोका बन्द रहेकाले उनी डुब्लिकेट साँचो लिएर उनी छिरेकी थिइन् ।

फ्ल्याटमा दुर्गन्ध थियो र लुगा, चप्पल, झोला र सुटकेसहरू बैठक कोठामा छरिएका थिए। सबैभन्दा डरलाग्दो दृश्य फ्रिज नजिकै थियो, जहाँ रगत बगेको दाग देखिन्थ्यो। जब उनले फ्रिज खोलेर हेरिन् त्यहाँ टुक्रा टुक्रा पारेर उनी छोरीलाई राखिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सेप्टेम्बरको सुरुमा नै उनको हत्या भएको देखाएको छ । धारिलो हतियारले काटेर हत्या गरिएर टुक्रा टुक्रा बनाएको प्रहरीले जनाएको छ ।

विवाहित महालक्ष्मीको श्रीमान र एक छोरा रहेको पाइएको छ । तर बारम्बार झगडाका कारण उनी श्रीमानसँगबाट अलग्गै मल्लेश्वरमा फ्लाट लिएर बस्दै आएकी थिइन्। उनी नजिकै एक मलमा काम गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्