Logo

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि बाटोमै रोकिए यात्रु

काठमाडौं– अविरल वर्षासँगै झरेको पहिरोका कारण नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउनसमेत समस्या भएको छ । बाटो बन्द हुँदा सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्