तामाकोशीमा पुरिएका दुई नेपाली सेनासहित चार जनाको अवस्था अज्ञात
काठमाडौं– दोलखाको बिगु गाउँपालिका– १ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पहिरोले पुरिएका चार जनाको अवस्था अझै अज्ञात रहेको छ र।
शनिबार बिहान माथिबाट खसेको पहिरोले गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन भत्किँदा चार जना पुरएका थिए । पुरिनेमध्ये दुई जना नेपाली सेना र दुई जना जलविद्युत् आयोजनाका कर्मचारीहरु रहेको बताइएको छ ।
उक्त क्षेत्रमा हालसम्मउद्धार टोली पुग्न सकेको छैन । शनिबार बिहान ११ बजेतिर पहिरोको घटना भएको बताइएको छ ।