आजदेखि तीन दिन मौसम सुधार हुने, आगामी २४ घण्टा भने सतकर्ता अपनाउन अनुरोध
काठमाडौं— आजदेखि मौसममा सुधार आउने भएको छ। ठूलो जनधनको क्षति हुने गरी तीन दिनदेखि रहेको प्रतिकूल मौसममा आइतबारदेखि सुधार आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून रहेको महाशाखाले अनुमान गरेको छ । अबको २४ घण्टा भने कोशी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।