धादिङमा अलपत्र यात्रुलाई काठमाडौं ल्याउन सुरु
काठमाडौं— धादिङमा बाढीपहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याउन सुरु गरिएको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट उनीहरुलाई काठमाडौं ल्याउन सुरु गरिएको हो ।
नागढुंगा–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर यातायात आवागमन ठप्प भएर अलपत्र यात्रुलाई सडक बिभाग र चन्द्रा गिरि नगरपालिकाको सक्रियतामा काठमाडौं ल्याउन थालिएको हो ।