बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या एक सय २९ पुग्यो, ६२ जना बेपत्ता


 

काठमाडौं– गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर हालसम्म एक सय २९ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो १ बजेसम्म १२९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार अझै ६२ जना बेपत्ता रहेका छन् ।

त्यस्तै ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धारसमेत गरेको छ। वर्षाका कारण विभिन्न ठाउँका सडक पनि अवरूद्ध छन्। लामो दुरीमा निस्किनुपरेमा प्रहरी कार्यालयमा सम्पर्क गरी मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ।