Logo

काठमाडौंको नागार्जुनमा पहिरोले मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–३ इचुङ्ग नारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना घाइते भएका छन् ।

घाइतेको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । शनिबार एक र आइतबार चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्