काठमाडौं– ललितपुर नख्खु खोलामा आएको बाढीमा शनिबार बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सक्कमा गर्ने भएको छ । तामाङलाई एक लाख ५० हजार रुपैयाँ नगरसहित सम्मान गर्ने प्रदेश सरकारले जनाइको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै सम्मान गर्न लागेको जनाएका छन्। काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको बाढीमा बगिरहेको अवस्थामा उद्धार गरेका थिए ।
प्रतिक्रिया