हेटौँडा ल्याइयो पहिरोमा पुरिएर ज्यान गुमाएका एन्फाका तीन विद्यार्थीको शव
काठमाडौं– शनिबार पहिरोमा परेर ज्यान गुमाएका मध्ये अखिल नेपाल फुटबल संघ (एन्फा) को सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइएको छ । शनिबार सिस्नेरीस्थित टेकरमा पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका ३ जना विद्यार्थीको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा हेटौँडा १२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन्। उनीहरूको शव हेलिकप्टरबाट हेटौँडा स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइएको थियो ।
हेटौँडाको हुप्रा चउरमा तीनवटै शव राखेर जिल्ला खेलकुद विकास समिति मकवानपुरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।