Logo

दक्षिण कोरियामा मिस युनिभर्स उपाधीका लागि प्रतिस्पर्धा गर्दै ८० वर्षीया वृद्धा

सोल– शुन्दरी प्रतियोगिता भन्ने बित्तिकै शुन्दर अनुहार र सुगठीत शरिर भएका महिलाले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्छन् भन्ने भाष्य छ । तर दक्षिण कोरियामा मिस युनिभर्स प्रतियोगिताकी प्रतिस्पर्धी यस्ती छिन्, जो देख्दै र सुन्दै आएका शुन्दरीभन्दा निकै भिन्न छिन् । ती हुन् दक्षिण कोरियाकी चोई सुन–ह्वा । ८० वर्षीया उनी दक्षिण कोरियाबाट उपाधिको लागि प्रतिस्पर्धा गर्ने भन्दै यसै महिना अर्थात् सेप्टेम्बरको सुरुमा नाम सार्वजनिक भएको थियो ।

उनी विश्वमा मिस युनिभर्सको प्रतियोगिता सुरु हुनुभन्दा पनि १० वर्ष अघि जन्मिएकी थिइन् । चोई दक्षिण कोरियामा सोमबार हुने मिस युनिभर्स प्रतिस्पर्धामा ३१ प्रतिस्पर्धिसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछिन् ।

यदी उनी अन्य प्रतिस्पर्धिलाई पछि पार्दै दक्षिण कोरियाको मिस युनिभर्स भएमा नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्सको फाइनलमा दक्षिण कोरियाको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछिन् ।

उनले मिस युनिभर्स भएर विश्वलाई चकित बनाउन चाहेको सिएनएनलाई बताएकी छिन् । उनले भनिन्, ‘८० वर्षकी महिला पनि यति स्वस्थ कसरी हुन्छिन् ?’ भनेर म विश्वलाई अचम्मित बनाउन चाहन्छु ।’ उमेर बढ्दै जाँदा तौल पनि बढ्दै जान्छ, बुढ्यौलीमा पनि स्वस्थ भएर कसरी बाँच्न सकिन्छ भनेर आफूले देखाउन चाहेको पनि उनले बताइन् ।

यसअघि मिस युनिभर्स प्रतिस्पर्धामा १८ देखि २८ वर्ष बिचका युवतीहरूलाई मात्रै सहभागी गराउने गरिएको थियो । का आयोजकहरूले उमेरमा कडा प्रतिबन्ध लगाएका थिए । प्रतिस्पर्धामा १८ देखि २८ वर्ष बिचका युवतीहरूलाई मात्रै सहभागी हुन दिइन्थ्यो । तर सन् २०२४ देखि आयोजकहरुले उमेरसम्बन्धि कडा प्रतिबन्धको अन्त्य गर्दै प्रतिस्पर्धामा उमेर हद हर्टाका छन् र । यस्तै गत वर्ष मिस युनिभर्समा गर्भवती महिला, आमा भइसकेका महिला वा विवाहिता महिला माथिको प्रतिबन्ध पनि फुकाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्