काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।
ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको समाना गर्न रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ । विगत दुई दिनसम्मको अविरल वर्षका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सम्पनन् संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असोज ४ मा अमेरिका प्रस्थान गरेका थिए । उनको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू पनि रहेका छन् । प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन समेत गरेका थिए ।
प्रतिक्रिया