Logo

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, काभ्रेमा सबैभन्दा धेरै

काठमाडौं– बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ। असोज ११ देखि सोमबार दिउँसो सवा तीन बजेसम्म बाढी पहिरोमा परेर २०४ जनाको मृत्यु भएको हो ।

२८ जना अझै बेपत्ता रहेको सशस्त्र प्रहरी बल (एपीएफ) ले जनाएको छ । यो समयमा बाढी पहिरोमा परेर सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा मानवीय क्षति भएको छ ।

काभ्रेमा ५९ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै बेपत्ता छन् । काभ्रेमा ५२ जना घाइते भएका छन् भने एक हजार घरमा क्षति भएको छ । यस्तै जनाको उद्दार गरेको एपीएफले जनाएको छ ।

यस्तै काठमाडौंमा ५२ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् । १५ जना घाइते भएका छन् भने ९६२ जनाको उद्दार गरिएको छ ।
उता ललितपुरमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । त्यहाँ १२ जना बेपत्ता र दुई जना घाइते भएका छन् । यस्तै मकवानपुर र दोलखामा सात सात जना, भक्तपुरमा पाँच जनाको बाढी तथा पहिरोमा परेर ज्यान गएको छ ।

बाढी तथा पहिरोले १ हजार ७८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्