Logo

तीन दिनमा करिब तीस हजार यात्रुले दशैँमा घर जान अग्रिम टिकट

काठमाडौं– चाडपर्व नजिकिँदै गर्दा दशैं, तिहार तथा छठ मनाउन घर जानका लागि यात्रुहरुले धमाधम अग्रिम टिक लिन सुरु गरेका छन् । नयाँ बसपार्कबाट मात्र तीन दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन्।

नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १२ मा १८ हजार तीन सय ६५ र असोज १३ मा ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका छन् ।

सरकारले यही असोज १२ देखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो। यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो।

सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरू गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्